काठमाण्डाै – कारोबार हुने हप्ताको पहिलो दिन हिजो घटेको सुनको भाउ आज बढेको छ ।
सुनको भाउ २ हजार ३०० रुपैयाँले बढेर तोलाको २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको भाउ हिजो एकैदिन ८ हजार ३०० रुपैयाँले घटेर तोलाको २ लाख ७२ हजार रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ ७० रुपैयाँले बढेर तोलाको ३ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदीको भाउ हिजो १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँ कायम भएको थियो ।

