एनएमबि बैंक र भिजा बीच ’भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौं : एनएमबि बैंक लिमिटेडले आफ्नो अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजासँग ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता गरेको छ।

भिजाको यो प्रविधि विश्वका १२५ भन्दा बढी देश तथा क्षेत्रहरुमा सफलतापूर्वक सञ्चालनमा आइसकेको छ।

यस सम्झौतापश्चात् एनएमबि बैंकका ग्राहकहरुलाई विदेशमा रकम पठाउने नयाँ र सहज विकल्प प्राप्त हुनेछ। यो प्रविधि प्रयोग गरी ग्राहकहरुले झन्झटबिना अझ भरपर्दो र सुरक्षित रूपमा रकम स्थानान्तरण गर्न सक्नेछन्।

एनएमबि बैंकले हाल देशभरी १९७ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *