काठमाण्डौ – ललितपुरको जाउलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको छ ।
“रोपेर फूल गोदावरी, सजाऔँ घर–आँगन वरिपरि” भन्ने मूल नाराका साथ १९ औँ संस्करणको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको हो । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा शुरु भएको प्रदर्शनीमा गोदावरी, सयपत्री, लालुपातेलगायतका फूलहरु बिक्री तथा प्रदर्शनीमा राखिएको छ ।
प्रदर्शनी यही कातिक १६ गते सोमबारसम्म चल्नेछ । पुष्प व्यवसायको विकास, विस्तार, व्यवसायीकरण तथा प्रवद्र्धन गर्ने उद्देश्यले हरेक बर्ष तिहारलाई लक्षित गरी गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै आएको छ ।

