काठमाण्डौ उपत्यकामा एकैदिन ३३६ गाडीचालक कारबाहीमा

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ गाडीका चालक कारबाहीमा परेका छन् ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ३३६ चालक कारबाहीमा परेका हुन् ।

कारबाहीमा पर्नेमध्ये जाँडरक्सी खाएर गाडी चलाउने १०२ जना रहेका कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

यस्तै सिसी क्यामरामार्फत ३९, रातो बत्तीमा गाडी चलाउने २०, तीव्र गतिमा गाडी चलाउने ५७, हर्न बजाएर गाडी चलाउने आठ जना कारवाहीमा परेका छन् ।

ट्राफिक प्रहरीले चाडपर्वको समयमा सवारी नियम उलङ्घन गरी गाडी चलाउने चालकमाथि कडा निगरानी तथा कारबाही गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *