एनपीएलका लागि पाकिस्तानका कप्तान फर्हान नेपालमा

काठमाण्डौ – पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा फर्हान नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन् ।

कर्णाली याक्समा अनुबन्ध भएका उनी आज नेपाल आएका हुन् । क्लबले हिजो ३० वर्षीय शीर्षक्रमका फर्हानलाई अनुबन्ध गरेको घोषणा गरेको थियो । क्लबले अनुबन्ध गरेको घोषणा गरेको २४ घण्टाभित्रै नेपाल आइपुगेका हुन् ।

उनी कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो पाकिस्तानी राष्ट्रिय टिमका खेलाडी हुन् । अस्ति बिहीबार कर्णालीले पाकिस्तानका चर्चित अलराउन्डर हुसैन तलातलाई अनुबन्ध गरेको थियो । तलात हिजै नेपाल आइसकेका छन् ।

दायाँ हाते ब्याटर फर्हानले सन् २०१८ मा अस्ट्रेलियासँग खेल्दै टी–२० आईमा डेब्यु गरेका थिए । उनले पाकिस्तानबाट टी–२० मा ५१ खेल खेल्दा २ सतक र १३ अर्धशतक सहित एक हजार ५ सय ५४ रन बनाएका छन् ।

कर्णाली याक्सले ६ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णालीले पाकिस्तानकै अलराउन्डर हुसैन तलात, बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम र अकबर अली तथा दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेविड मिलरलाई अनुबन्ध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *