काठमाण्डाै – जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने भएका छन् ।
आज भएकाे सेमिफाइलनमा पाकिस्तानले बङ्गलादेशलाई ६ विकेट र भारतले श्रीलङ्कालाई १२४ रनले हराउँदै फाइनलमा भेट पक्का गरेका हुन् ।
स्वर्ण पदकका लागि भारत र पाकिस्तानबीचको फाइनल खेल पर्सि शनिवा हुनेछ । एशियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एशियाली शक्तिबीचको खेललाई विशेष महत्त्वका साथ हेरिएको छ ।
यस्तै सेमिफाइनलमा पराजित भएका बङ्गलादेश र श्रीलङ्काले कांस्य पदकका लागि शनिवार नै खेल्नेछन् ।

