एक हप्तापछि सञ्चालनमा आयाे बेनी–दरबाङ सडक

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा पालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ ।

बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेकाे फापरखेतमा गएकाे असोज ३१ गतेदेखि सुक्खा पहिरो खस्न थालेपछि बन्द भएको सडकमा आजदेखि गाडी चल्न थालेकाे हो ।

२४ किलोमिटर दूरीको बेनी–दरबाङ सडक खण्डलाई म्याग्दीको पश्चिमी क्षेत्रका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने ‘लाइफलाइन’ मानिन्छ ।

लगातारको पहिरोका कारण सडक बन्द हुँदा दशैँ मनाउन जन्मथलो जाने र कार्यक्षेत्रमा फर्कनेलाई समस्या परेको अवस्थामा तत्कालका लागि सडक सञ्चालनमा ल्याइएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।

प्रकाशित मिति:

Leave a Reply

Your email address will not be published. Required fields are marked *