विपद् उद्धारमा अनियन्त्रित ड्रोन र एयरस्पेस व्यवस्थापनको अभावले जोखिम उच्चः प्रधानसेनापति सिग्देल

काठमाण्डौ – प्राकृतिक विपद्पछिको खोज तथा उद्धार कार्यको क्रममा अनियन्त्रित रूपमा ड्रोन उडाउने र हवाई क्षेत्र अर्थात् (एयरस्पेस) को उचित व्यवस्थापन नहुँदा अर्को ठूलो दुर्घटना हुन सक्ने जोखिम देखिएको छ ।

प्रधानसेनापति अशोकराज सिग्देलले विपद् प्रभावित क्षेत्रमा जथाभावी ड्रोन उडाउँदा हेलिकप्टर तथा अन्य हवाई साधनसँग ठोक्किने जोखिम रहेको बताउनुभएको हो ।

भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको आजको बैठकमा बोल्दै उहाँले ड्रोन सञ्चालक र हेलिकप्टर पाइलटबीच प्रभावकारी सञ्चार तथा समन्वय नहुँदा हवाई दुर्घटनाको जोखिम बढेको बताउनुभयो ।

ड्रोन पाइलट र हेलिकप्टर पाइलटबीच सञ्चार तथा समन्वय भएको अवस्थामा उडान सुरक्षित बनाउन सकिने भए पनि त्यसको अभावमा उद्धार कार्यमा चुनौती थपिएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *