डोल्पामा हिमपातका कारण फसेका ६ भारतीयको उद्धारको प्रयास

काठमाडौँ : डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ दानिगडमा भारी हिमपातका कारण फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धारको प्रयास भइरहेको छ । उद्धार भइरहेका पर्यटकमा दुई महिला र चार पुरुष रहेका छन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले जारी गरेको जरुरी सूचना अनुसार उनीहरू केही दिनदेखि भएको भारी हिमपातका कारण उक्त क्षेत्रमा फसेका हुन्। प्रशासनले शनिबार उनीहरू फसेको जानकारी प्राप्त गरेपछि आज हेलिकप्टरमार्फत उद्धार प्रयास गरिरहेको सूचनामा उल्लेख छ।

मौमिता हाल्डर,  पियाली कोली, जजला त्रिवेद कुमार, आदित्य सिंघा, डिप्लिना बिस्वास र राजेश डे नामगरेका उनीहरू सबै भारतीय हुन् । जिल्ला प्रशासन कार्यालय डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालद्वारा जारी सूचनामा पर्यटकहरूको हेलिकप्टरमार्फत उद्धार भइरहेको जानकारी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *