एलपी ग्यास उद्योग एकआपसमा गाभ्ने प्रक्रिया अघि बढ्यो

काठमाण्डाै – नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ ।

निगमले चालू आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमअनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका ग्यास उद्योगलाई गाभ्ने नीति कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाएको हो ।

निगमले सबै ग्यास उद्योगलाई पत्राचार गर्दै गाभ्ने नीतिलाई प्रोत्साहन गर्न र कार्ययोजना बनाएर प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ ।

निगमले खाना पकाउने ग्यासको बिक्री/वितरणलाई सहज बनाउन र उपभोक्ताको हितलाई प्रवर्द्धन गर्न ग्यास उद्योगहरूलाई आपसमा गाभ्नु आवश्यक रहेको जनाएको छ । एलपी ग्यास उद्योग सङ्घले पनि उद्योगहरू गाभ्नेबारे निगमको पत्र आएको र आफूहरूले छलफल गरिरहेको जनाएको छ ।

निगमका अनुसार अहिले देशभर ५८ वटा ब्रान्डका ग्यास छन् । ब्रान्ड धेरै हुँदा ग्यास अभावका बेला उपभोक्तालाई सास्ती हुने भएकोले ब्रान्ड कम हुँदा उपभोक्तालाई पनि सहज हुने निगमको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *