काठमाण्डाै – घरेलु टोली दक्षिण अफ्रिकासँगको टेस्ट शृङ्खला २–१ ले गुमाएपछि अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनशिप तालिकाको तेस्रो स्थानमा झरेको छ ।
केप टाउनमा भएको शृङ्खलाको निर्णायक खेलमा अस्ट्रेलियालाई १७६ रनले हराएपछि दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनशिप तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यो तालिकाको शीर्ष स्थानमा न्युजिल्यान्ड रहेको छ ।
तीन खेलको टेस्ट शृङ्खलाको पहिलो खेल अस्ट्रेलियाले २१४ रन र दोस्रो खेल दक्षिण अफ्रिकाले एक पारी र ३१ रनले जितेको थियो ।
यस्तै अस्ट्रेलिया आईसीसी टेस्ट वरीयतामा दोस्रो स्थानमा झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पछिल्लो वरीयतामा अस्ट्रेलिया एक स्थान खस्किएको हो ।
टेस्ट वरीयतामा दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लिँदा न्युजिल्यान्ड तेस्रो स्थानमा यथावत् छ ।

