आफ्नो नेभिगेसन प्रणाली सुदृढ पार्न भारतले नयाँ उपग्रह प्रक्षेपण गर्‍यो

अन्तरिक्ष प्रविधिमा आत्मनिर्भर बन्ने क्रममा भारतले आफ्नो स्वदेशी उपग्रह नेभिगेसन प्रणालीलाई अझ शक्तिशाली बनाउन नयाँ पुस्ताको उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण गरेको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अनुसार, श्रीहरिकोटामा रहेको सतीश धवन अन्तरिक्ष केन्द्रबाट यो उपग्रहको सफल प्रक्षेपण गरिएको हो । सामान्यतया, कुनै पनि ठाउँको सही भौगोलिक अवस्थिति र वास्तविक समय पत्ता लगाउने प्रविधि नेभिगेसन प्रणाली हो । आधुनिक युगमा नक्साङ्कन, यातायात, हवाई उडान, जलपोत सञ्चालन, आपत्कालीन उद्धार तथा सामरिक सुरक्षाका लागि यो प्रविधि अपरिहार्य मानिन्छ ।

यसअघि विश्वभर नै अमेरिकी जीपीएस प्रणालीमा मात्र निर्भर रहनुपर्ने बाध्यता रहे पनि, अब भारतले आफ्नै प्राविधिक क्षमता विकास गरी रक्षा तथा नागरिक दुवै क्षेत्रमा परनिर्भरता घटाएको छ । नयाँ प्रक्षेपण गरिएको एनभीएस–थ्रि उपग्रहमा भारतमै निर्मित अत्याधुनिक ’एटमिक क्लक’ जडान गरिएको छ, जसले अझै सटीक तथ्याङ्क प्रदान गर्नेछ ।

यसले भारतको भूभागसहित सीमा क्षेत्रबाट १५ सय किलोमिटरको दायरालाई समेट्नेछ । यस प्रणालीले आउँदा दिनमा विपद् व्यवस्थापन, मोबाइल प्रविधि र सर्वसाधारणको दैनिकीलाई अझ सहज बनाउने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *