काठमाण्डौ – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ ।
पहिरोले नदी थुनिएपछि अस्थायी बाँध बनेको र त्यसबाट पानीको बहाव बढ्न सक्ने भन्दै कोशी प्रदेश सरकारले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले अस्थायी बाँध फुटेमा एकैपटक पानीको बहाव बढ्न सक्ने जोखिम रहेको हुँदा सतर्कता अपनाउन आवश्यक रहेको बताउनुभएको छ ।
इङ्खुखोला, दूधकोशी र सप्तकोशी नदीका तटीय क्षेत्रमा बसोबास गर्नेलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

