मध्य अमेरिकी देश एल साल्भाडोरले हाइटीमा आफ्ना विशेष फौजका सैनिकहरू खटाएको छ । सशस्त्र समूहद्वारा अपहरण गरिएका चार जना सैन्य उड्डयन प्राविधिकको उद्धारका लागि उल साल्भाडोरले विशेष फौज पठाएको हो ।
सम्भावित खतरनाक भीडन्तको चेतावनीका बाबजुद राष्ट्रपति नायिब बुकेलेले जीत हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको ‘साउदी ग्याजेट’ ले जनाएको छ ।
सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै आएका सञ्चारमाध्यमका रिपोर्टअनुसार उद्धार कार्यमा सहयोग पुर्याउन साल्भाडोरका झन्डै २०० सैनिक हाइटीको राजधानी पोर्ट–अ–प्रिन्स पुगेका खबरमा उल्लेख छ ।
संयुक्त राष्ट्रसङ्घको समर्थन प्राप्त ’ग्याङ सप्रेसन फोर्स’ (जीएसएफ) का अनुसार पोर्ट–ओ–प्रिन्सबाहिरको ’प्लेन डु कुल–दे–साक’ क्षेत्रमा चलिरहेको खोज तथा सुरक्षा कारबाहीमा सघाउन एल साल्भाडोरको एक टुकडी आइपुगेको छ ।
साल्भाडोरका सैनिकहरूले हाइटीको राष्ट्रिय प्रहरी तथा अन्य सुरक्षा साझेदारहरूसँग मिलेर काम गरिरहेका जीएसएफले जनाएको छ । साथै जीएसएफले सान्तो र त्यस वरपरका समुदायका बासिन्दाहरूलाई सुरक्षा कारबाही चलिरहेका क्षेत्रहरूबाट टाढै रहन आग्रह गरेको छ ।
राजधानी नजिकैको क्रोइक्स–डेस–बुकेट्स कम्युनमा रहेको सान्तोमा सशस्त्र व्यक्तिहरूले बख्तरबन्द गाडीमा आक्रमण गरेपछि साल्भाडोरका चार जना सैन्य उड्डयन प्राविधिक बेपत्ता भएका थिए ।
आक्रमणपछि चार जना प्राविधिक जलिरहेको गाडीबाट बाहिर निस्कन सफल भए पनि त्यसयता उनीहरूका बारेमा कुनै खबर प्राप्त भएको छैन ।

