पाकिस्तानी बलर हसन अलीले चितवन राइनाेजबाट एनपीएल खेल्ने

काठमाण्डाै – पाकिस्तानका तीव्र गतिका बलर हसन अलीले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

तेस्रो संस्करणको प्रतियोगिताका लागि हसनलाई अनुबन्ध गरेको चितवनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकाे छ ।

३२ वर्षीय हसन अलीले पाकिस्तानका लागि ५७ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७२ विकेट लिएका छन् । यस्तै उनले समग्र टी–२० क्रिकेटमा २५० खेलमा ३६९ विकेट लिएका छन् ।

हसनले पाकिस्तान सुपर लिग (पीएसएल), बिग बाश लिग (बीबीएल), बङ्गलादेश प्रिमियर लिग (बीपीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल) जस्ता टी–२० लिग खेलेका छन् ।

एनपीएल भोलिदेखि आउँदो मङ्सिर ५ गतेसम्म कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ ।

उद्घाटन खेलमा भोलि दिउँसो साढे ४ बजे साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स खेल्दैछन् ।

पहिलो पटक ‘डीआरएस’ प्रविधि, आईसीसीको मान्यता, विदेशी स्टार खेलाडीहरूको सहभागिताले एनपीएललाई विशेष बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *