४० करोड डलरको क्रिप्टो ह्याक गर्न नक्कली भिडियो कलको प्रयोग

ह्याकरहरूले नक्कली भिडियो कलको प्रयोग गरी मानिसहरूको पहिचान चोरेर क्रिप्टोकरेन्सी हात पारेका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) का अनुसार विगत १८ महिनामा ९०० भन्दा धेरै मानिसहरू यस ठगीमा परेका छन् । अनुसन्धान निकायले ठगीको यो तरिकालाई ‘फेसस्टिलर’ नाम दिएको छ ।

उत्तर कोरियाली शासनले आफ्नो अवैध हतियार कार्यक्रमलाई सघाउन क्रिप्टोकरेन्सीको ठूलो परिमाणमा हुने चोरीबाट प्राप्त रकममा निर्भर रहने गरेको एफबीआईका साइबर निर्देशक ब्रेट लेदरम्यानले बताउनुभएको छ । पछिल्ला वर्षहरूमा अर्बाैँ डलर चोरी भएको छ ।

यो घटनाक्रम विश्वको सबैभन्दा ठूलो क्रिप्टो एक्सचेन्ज ‘बाइनान्स’ ले दाबीहरू गरेको एक हप्तापछि आएको हो । ह्याकरहरूले नक्कली जागिर अन्तर्वार्तामार्फत ६ अर्ब ३० करोड अमेरिकी डलर अर्थात् साढे ९ खर्ब रुपैयाँको कीर्तिमानी रकम चोरेका कम्पनीले जनाएकाे छ ।

अमेरिकी कानून कार्यान्वयन निकायहरूले ‘बाइनान्स’ मा भएको यस आक्रमणका लागि उत्तर कोरियासँग जोडिएका ह्याकरहरूलाई जिम्मेवार ठहर्‍याएका छन् ।

यसलाई अहिलेसम्मकै सबैभन्दा ठूलो क्रिप्टो ह्याक मानिएको छ । यद्यपि उत्तर कोरियाले यो आरोप अस्वीकार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *