इटालीले विद्यालयमा बुर्का प्रतिबन्ध लगाउने, विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने

इटालीले विद्यालयमा अनुहार छोप्ने कपडा (बुर्का) मा प्रतिबन्ध लगाउने र कक्षामा विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने भएको छ ।

आउँदो वर्ष हुने आमचुनावमा आप्रवासन मुख्य मुद्दा बन्ने अपेक्षा गरिएको बेला अति–दक्षिणपन्थी प्रधानमन्त्री जर्जिया मेलोनीले यो योजनाबारे जानकारी दिनुभएको हो ।

मेलानीले हिजो आफ्नो राष्ट्रवादी–रूढिवादी ‘ब्रदर्स अफ इटाली’ (एफडीआई) पार्टीको युवा शाखाको भेलामा प्रस्तावित परिवर्तनहरूबारे जानकारी दिँदै विद्यालय प्रणालीमा घुलमिल हुन गम्भीर कठिनाइ भोगिरहेका विदेशी विद्यार्थीका अभिभावकहरूका लागि इटाली भाषाको कक्षा पनि अनिवार्य गरिने बताउनुभएको समाचार संस्था अलजजीराले जनाएको छ ।

इटाली आएर आफ्नो भविष्य निर्माण गर्न चाहने जो कोहीले पनि यहाँको भाषा सिक्नुपर्ने, संस्कृति बुझ्नुपर्ने र नियमहरूको सम्मान गर्नुपर्ने प्रधानमन्त्री मेलोनीको भनाइ छ ।

मिलोनी नेतृत्वको प्रशासन दोस्रो विश्वयुद्धको समाप्तिपछिको इटालीको सबैभन्दा लामो समयसम्म टिकेको सरकार हो; तर सन् २०२७ मा उहाँको पार्टीले ‘नेशनल फ्युचर’ (एफएन) पार्टीबाट गम्भीर चुनौतीको सामना गर्नुपर्ने अपेक्षा गरिएको छ ।

एफएनले एफडीआई पार्टीभन्दा पनि धेरै दक्षिणपन्थी झुकाव राख्छ र गएको फेब्रुअरीयता जनमत सर्वेक्षणहरूमा यसको लोकप्रियता तीव्र गतिमा बढिरहेको खबरमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *