युक्रेन सँगको शान्ति वार्तामा युरोपलाई पनि सहभागी गराउन पुटिन सहमत

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँगको अर्को चरणको शान्तिवार्तामा युरोपेली प्रतिनिधिहरूलाई पनि सहभागी गराउन सहमत हुनु भएको छ ।

अमेरिकी प्रतिनिधि स्टिभ विटकफले पुटिनसँगको भेटपछि वार्ता टेबलमा युरोपका अरू देशलाई पनि सहभागी गराउने प्रस्तावमा सहमत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

वार्तामा युरोपलाई सहभागी गराउन पुटिन सहमत हुनुलाई शान्ति प्रक्रियाको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको रोयटर्सले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि युरोपेली देशको सहभागिताको सम्भावनालाई स्वागत गर्नुभएको छ । विटकफले अर्को चरणको वार्तामा युरोपेली प्रतिनिधिहरू सहभागी हुने बताउनुभयो ।

पुटिनसँग भेटपछि विटकफ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अर्का विशेष दूत ज्यारेड कुश्नरले त्यसपछि आयरल्यान्ड पुगेर जेलेन्स्कीसँग भेट गर्नुभएको थियो ।

युरोपेली सम्मेलनमा सहभागी हुन डब्लिन पुगेका जेलेन्स्कीले अमेरिकी प्रतिनिधिहरूसँगको भेटमा आगामी वार्ता र त्यसमा युरोपको सहभागिताप्रति खुसी व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *