एनपीएलको भव्य समापन, त्रिवि रङ्गशालामा आतिशबाजी

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण हिजो शनिबार भव्य समापन भएको छ ।

यो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जित्यो । जर्ज मन्सेले शतक बनाएको खेलमा सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधिसँगै त्रिवि क्रिकेट रङ्गशालामा आतिशबाजी गरियो । छक्का र चौकाको वर्षा, उपाधिका लागि प्रतिस्पर्धा र दर्शक तथा खेलप्रेमीको उत्साहपूर्ण साथकाबीच एनपीएलको तेस्रो संस्करण सकिएको छ ।

गएको कात्तिक ९ गतेदेखि शुरु भएको तेस्रो संस्करणमा आठ टोली सहभागी थिए । साथै यसपटक विदेशी खेलाडीहरु डेभिड मिलर, डेभिड वार्नर, आन्द्रे रसेललगायतको सहभागिता एनपीएललाई विशेष बनाउन महत्वपूर्ण रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *