काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाण्डौ गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनायो ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ६०, थरिन्दु रत्नायकेले नटआउट २६ रन बनाए । काठमाण्डौका जहानदाद खानले ३, सन्तोष यादवले २ विकेट लिए ।
यो खेल जित्ने टोली प्लेअफमा पुग्नेछ । काठमाण्डौ ५ खेलमा ८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । सुदूरपश्चिम ६ खेलमा ८ अङ्कसहित नेट रन रेटका आधारमा तेस्रो स्थानमा छ ।
एनपीएलमा आजको दोस्रो खेलमा बेलुकी ५ बजे चितवन राइनोज र जनकपुर बोल्ट्स खेल्दैछन् ।
चितवन ५ खेलमा ५ अङ्कसहित तालिकाको पाँचौँ र जनकपुर ६ खेलमा ४ अङ्कसहित छैटौँ स्थानमा छ ।
साविक उपाधि विजेता लुम्बिनी लायन्स एनपीएल पुग्ने पहिलाे टाेली बनेकाे छ । यस्तै पाेखरा एभेन्जर्स प्लेअफ हाेडबाट बाहिरिने पहिलाे टाेली बनेकाे छ ।

