त्रिवि क्रिकेट रंगशालामा एनपीएलको उत्सव

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले अघिल्लो दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम रोयल्सलाई हराउँदै विजयी शुरुआत गरेको छ ।

मंसिर ५ गतेसम्म चल्ने प्रतियोगिताका लागि कीर्तिपुरको त्रिवि क्रिकेट रंगशाला झकिझकाउ पारिएको छ । घरेलु क्रिकेटको विकासका लागि महत्वपूर्ण मानिएको यो लिगले युवा खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ ।

प्रतियोगिताका लागि डीआरएससहित नयाँ नयाँ प्रविधि भित्रिएको छ । सुरक्षा र अन्य व्यवस्थापन पनि चुस्त पारिएको छ ।

प्रतियोगितामा सहभागी ८ टोलीले अन्तर्राष्ट्रिय स्तरका चर्चित खेलाडीलाई आफ्नो टोलीमा समावेश गरेका छन् । यसले खेल प्रतिष्पर्धात्मक हुने तथा एनपीएललाई अझ उचाइमा पुर्‍याउने अपेक्षा छ ।

प्रतियोगिताको हिजो प्रधानमन्त्री वालेन्द्र शाहले उद्घाटन गर्नुभएको हो । खेल शुरु हुनुपूर्व र पछि पनि आतिशबाजी समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *