मधेशका नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाण्डौ – मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

उहाँलाई मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आज बिहान शपथ गराउनुभएको हो । यादव जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश संसदीय दलका नेता हुनुहुन्छ ।

उहाँ दोस्रो पटक मधेश सरकारको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । संविधानको धारा १६८ (३) अनुसार हिजो मुख्यमन्त्रीमा नियुक्त भएका यादवले एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।

उहाँले ७ दिनभित्र विश्वासको मत लिने समेत बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *