सोमवारदेखि बढ्न थालेको सुनचाँदीको भाउ आज घट्यो

काठमाण्डौ – हिजो बिहीवार एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढेको सुनको भाउ आज घटेको छ । आज सुन तोलाको २ लाख ८३ हजार रुपैयाँ र चाँदी तोलाको ३ हजार ८१० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको २ लाख ८८ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलाको ३ हजार ९२० रुपैयाँ थियो । हप्ताको पहिलो दिन आइतवार तोलामा ८ हजार ३०० रुपैयाँले घटेको सुनको भाउ सोमवारदेखि बढ्न थालेको हो ।

आइतवार तोलाको २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमवार २ लाख ७४ हजार ३०० रुपैयाँ पुगेको थियो ।

मंगलवार सुनको भाउ २ लाख ७५ हजार र अस्ति बुधवार सुनको भाउ २ लाख ७५ हजार ६०० रुपैयाँ पुग्यो ।

हिजो एकैदिन १३ हजार ३०० रुपैयाँले बढेर सुनको भाउ तोलाको २ लाख ८८ हजार ९०० रुपैयाँ पुगेकोमा आज फेरि ५ हजार ९ सय रुपैयाँले घटेर २ लाख ८३ हजार रुपैयाँ भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *