जारी संस्करण अपराजित एकमात्र टोली लुम्बिनी तालिकाको शीर्ष स्थानमा छ। ३ खेलमा २ जित र १ खेल वर्षाले रद्द हुँदा अंक बाँडेको उसले ५ अंक जोडिसकेको छ। यस्तोमा अब कम्तीमा १ जितले उसलाई प्लेअफमा पुग्न सहज बन्नेछ।
पहिलो संस्करणमै उपाधि जितेको जनकपुर दोस्रो संस्करणको खराब प्रदर्शन भुलाउँदै यस पटक बलियो रुपमा प्रस्तुत भएको छ। ४ खेलमा २ जित र २ हारबाट ४ अंक जोडेको उ तालिकाको चौंथो स्थानमा छ।
यी दुईबीच दुई पटक भेटभएको छ। पहिलो संस्करण जनकपुर १ रनले विजयी हुँदा दोस्रोमा लुम्बिनी ४ विकेटले विजयी भएको थियो। आजै साँझ ५ बजे विराटनगर किङ्स र काठमाडौं गोर्खाजबीच खेल हुनेछ।

