आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा दानबहादुर कार्कीको रिट

काठमाण्डाै – दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । कार्कीले वारेसमार्फत रिट दिनुभएको हो ।

उहाँले आईजीपीमा पुनर्बहाली माग गर्नुभएको छ । रिटमाथि अध्ययन भइरहेको र दर्ता भइनसकेको सर्वोच्च प्रशासनले जनाएको छ ।

सरकारले हिजो कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो ।

सरकारले नेपाल प्रहरीकाे अनुसन्धान विभागमा कार्यरत अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई आईजीपी बनाएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *