काठमाण्डौ – १९ वर्ष मुनिको एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज भारतसँग खेल्दैछ । ओमानको अल अमेरातमा हुने नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे शुरु हुनेछ ।
प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेलमा पर्सि कात्तिक २२ गते संयुक्त अरब इमिरेट्स (युएई) र तेस्रो खेल कात्तिक २४ गते पाकिस्तानसँग खेल्नेछ । प्रतियोगिता कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताका लागि नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्ट रहेका छन् ।

