एनपीएल : सुदूरपश्चिमले दियाे कर्णालीलाई १७७ रनकाे लक्ष्य

काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनायो ।

सुदूरपश्चिमका सेफ जेबले ३५, विनोद भण्डारीले २७, ब्रान्डन म्याकमुलेनले २४, ईशान पाण्डेले २३, थरिन्दु रत्नायकले नटआउट २२ रन बनाए । कर्णालीका मार्क वाटले २ विकेट लिए ।

कर्णालीमा अनुबन्ध दक्षिण अफ्रिकाका डेभिड मिलरले याे खेलमा डेब्यु गरेका छन् ।

कर्णाली ३ खेलमा ४ अङ्कसहित तेस्रो र सुदूरपश्चिम ४ खेलमा ४ अङ्कसहित नेट रन रेटका आधारमा छैटौँ स्थानमा छ ।

एनपीएलमा आजको दोस्रो खेलमा बेलुका ५ बजे चितवन राइनोज र पोखरा एभेन्जर्स खेल्दैछन् ।

चितवन ३ खेलमा ३ अङ्कसहित सातौँ र पोखरा ३ वटै खेल हारेर अङ्कविहीन हुँदै पुछारमा छ ।

८ वटा टोली सहभागी तेस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *