काठमाडौँ: बिचौलिया इनाम सापकोटासँग जोडिएपछि उनी विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल बिदामा बसेका छन्।
तिहार बिदापछि मात्रै अदालतमा फर्किनेगरी सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल बिदामा बसेका छन्। सर्वोच्च अदालतका प्रवक्ता अशोककुमार क्षेत्रीका अनुसार उनी मंगलबारदेखि कात्तिक २० गतेसम्म बिदामा बसेका हुन्। २१ गते शनिबार परेको छ। त्यसपछि तिहार बिदा परेको छ।
न्यायाधीश फुयालको नाम बिचौलिया इनाम सापकोटासँग जोडिएपछि उनी विवादमा तानिएका छन्। सर्वोच्च अदालतभित्रै यस विषयमा प्रश्न उठिरहेका बेला फुयाल बिदामा बसेका हुन् ।
सर्वोच्च अदालत प्रशासनका अनुसार, उनले मंगलबारदेखि शुक्रबारसम्म बिदा लिएका हुन् । शुक्रबारपछि तिहार बिदा शुरु हुन्छ । आगामी साताभर तिहारका कारण सार्वजनिक बिदा छ।

