युक्रेनको शरणार्थीस्थलमा रुसी आक्रमण : २६ जनाको ज्यान गयो

युक्रेनको दक्षिण–पूर्वी जापोरिजिया क्षेत्रको एक विद्यालयमा रुसी सेनाले गरेको आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ ।

आक्रमण भएको विद्यालय पछिल्लो समय शरणार्थीस्थलका रुपमा प्रयोग हुँदै आएको थियो ।

हरेक सोमबार मानवीय सहायता वितरण हुने गरेको थियो । युक्रेनको आपतकालीन सेवाका अनुसार मानवीय सहायता वितरण हुँदै गर्दा रुसी सेनाले आक्रमण गरेको हो ।

केही समयअघि मात्रै अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा दक्षिणको द्वन्द्वग्रस्त शहर ओलेस्कीमा अघिल्लो हप्ता युद्ध विराम भएको थियो ।

तर, रुसले युद्धविरामलाई कायम गर्नुभन्दा पनि युद्धमै जोड दिइरहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आरोप लगाउनुभएको रोयर्टसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *