१७ दिनपछि बालेनले बल्ल बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ : चौतर्फी प्रश्न उठेपछ प्रधानमन्त्री बालेन्द्र शाहले १८ औँ दिन मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

मंगलबार अपराह्न ३ बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयलेजानकारी दिएको छ । बैठकका एजेण्डा सार्वजनि गरिएको छैन।

मन्त्रिपरिषद्को नियमित बैठक साताको दुईपटक सोमबार र बिहीबार बस्दै आएको थियो। तर बिचौलिया इनम सापकोटासँग ‘हाई प्रोफाइल’ व्यक्तिहरूको कनेक्सन रहेको घटना सार्वजनिक भएको १७ दिनयता मन्त्रिपरिषद्को बैठक नै बसेको थिएन ।

लामो समयसम्म बैठक बस्न नसक्दा सरकारमाथि सर्वसाधारण र विपक्षी दलहरुले समेत प्रश्न उठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *