काठमाण्डाै – हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६.६२ अङ्कले घटेर २ हजार ६६४.१३ विन्दुमा पुगेको छ ।
आज फाइनान्स, लगानी, उत्पादन तथा प्रशोधन र अन्य बाहेक सबै समूहको उपसूचक बढेकोमा होटल तथा पर्यटन समूहको शेयर १ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज १४३ वटा कम्पनीको शेयर बढेकोमा १२२ वटाको घटेको छ । १४ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज शिखर पावरको शेयर झन्डै ६ प्रतिशतले बढेको छ । बजार सामान्य उकालो लागेको दिन बेनी हाइड्रोपावरको शेयर ५ प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ७ अर्ब १८ करोडको कारोबार भएकोमा आज ३४९ वटा कम्पनीको १ करोड ५४ लाख कित्ता शेयर ५ अर्ब ६५ करोड रुपैयाँमा किनबेच भएको छ ।

