अक्टोबरमा एक लाख ३२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाण्डौ – अघिल्लो महिना अक्टोबरमा १ लाख ३२ हजार ८१४ विदेशी पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार गएको वर्ष अक्टोबर महिनाको तुलनामा यसवर्ष चार हजार अर्थात् ३.४ प्रतिशत बढी विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

अघिल्लो वर्ष अक्टोबरमा १ लाख २८ हजार ४ सयको संख्यामा विदेशी पर्यटक नेपाल आएका थिए । बोर्डका अनुसार यसपाली अक्टोबरमा सबैभन्दा धेरै १७ हजार ४३७ जना अमेरिकी पर्यटक आएका छन् ।

अघिल्लो वर्ष यसै महिनामा १३ हजार २८६ अमेरिकी पर्यटक नेपाल आएका थिए । यस वर्ष अक्टोबर महिनामा १२ हजार ९७ भारतीय पर्यटक नेपाल भ्रमणमा आएकोमा अघिल्लो वर्षको अक्टोबरमा १७ हजार २९८ थियो ।

त्यस्तै अघिल्लो महिना चीनबाट ११ हजार ६९५ पर्यटक नेपाल भ्रमणमा आएका छन् । पछिल्लो पटक भोटेकोशीसहित विभिन्न क्षेत्रमा विपद्का घटना भए पनि विदेशी पर्यटक आगमनमा कमी नआएको बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *