काठमाण्डाै – बाजुराको बडीमालिका क्षेत्र घुम्न गएका एक जनाको शव फेला परेको छ । बडीमालिकाको दर्शनसँगै घुम्न जाँदा सम्पर्कविहीन भएका कञ्चनपुरको वेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बोहराको शव बडीमालिकामा रहेको त्रिवेणी पाटन नजिकै भेटिएको हो । लगातार मौसम प्रतिकूलका कारण चिसो र हिमपात भएपछि चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ ।
यसअघि हिमपातपछि बडीमालिकामा रहेको त्रिवेणी पाटनमा अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्कीको हिजो दिउँसो हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।

