काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलामा नेपालले क्यानडालाई २३६ रनको लक्ष्य दिएको छ ।
ओमानको अल अमिरातमा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनायो । नेपालका रोहित पौडेलले शतक बनाए । रोहित १२७ बलमा १०१ रन बनाएर आउट भए । यस्तै गुल्सन झाले ३४ बलमा ४८ रन बनाए । क्यानडाका अखिल कुमार र सुखजिन्दर सिंहले ३÷३ विकेट लिए ।
नेपालले यो शृङ्खलामा क्यानडा र ओमानसँग समान २/२ खेल खेल्नेछ । यो शृङ्खला नेपालका लागि एकदिवसीय मान्यता जोगाउने अन्तिम अवसर हो ।
नेपालले बाँकी ४ मध्ये कम्तीमा ३ खेल जीते न लिग–२ तालिकको शीर्ष ६ भित्र पर्दै एकदिवसीय मान्यता सुरक्षित हुन सक्छ । अहिले नेपाल ३२ खेलमा २४ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ ।
नेपालले लिग–२ तालिकाको शीर्ष ४ मा परेर सीधै विश्वकप छनोट खेल्ने अवसर गुमाएको छ । अब नेपालले प्लेअफमार्फत विश्वकप छनोट खेल्नुपर्नेछ ।
नेपालले सन् २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

