१० दिनदेखि लगातार घटिरहेको सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज ४ हजार ८०० रुपैयाँले बढेर तोलाको २ लाख ४७ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
कारोबार हुने हप्ताको पहिलो दिन हिजो आइतवार सुनको भाउ तोलामा २ हजार ८०० रुपैयाँले घटेर २ लाख ४२ हजार ६०० रुपैयाँमा झरेको थियो । गएको कात्तिक २७ गतेदेखि सुनचाँदीको भाउ घट्दै आएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि ४५ रुपैयाँले बढेर तोलाको ३ हजार ११० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो चाँदीको भाउ ३ हजार ६५ रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनचाँदीको भाउ एक वर्षयताकै न्यून विन्दुमा झरेर आज फेरि उकालो लागेको छ ।

