काठमाडौं : नेपाली बजारमा पछिल्लो दुई दिनमा सुनको मूल्य करिब ९ हजारले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार तोलामा ५ हजार रूपैयाँ घटेको सुन मंगलबार ३ हजार ८०० रुपैयाँले घटेको हो।
मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, दुई दिनमा चाँदीको मूल्य तोलामा २६० रुपैयाँले घटेको छ। सोमबार तोलामा १४५ रुपैयाँले घटेको चाँदी आज ११५ रुपैयाँले घटेको हो। मंगलबार चाँदी प्रतितोला ४ हजार ३९५ रुपैयाँ कायम भएको छ। नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।

