अमेरिकामा हवाई उडान अवरुद्ध हुने क्रम तीन दिनसम्म चलिरहँदा ४१ हजारभन्दा बढी उडान प्रभावित भएका छन् ।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) को प्राविधिक प्रणालीमा आएको समस्याका कारण शुक्रबारदेखि शुरु भएको हवाई अवरोध हिजो आईतबारसम्म पनि पूर्ण रूपमा समाधान हुन सकेन ।
रोयटर्सका अनुसार हिजो मात्रै अमेरिकामा २ हजार ३०० भन्दा बढी उडान रद्द भएका छन् भने झण्डै ७ हजार ७०० उडान ढिलाइ भएका छन् । यो सहित हिजो मात्रै १० हजारभन्दा बढी उडान प्रभावित भएका हुन् ।
यसअघि अस्ति ६ हजार ४०० भन्दा बढी उडान रद्द भएका थिए भने ८ हजारभन्दा बढी उडान ढिलाइ भएका थिए । शुक्रबार भएको राष्ट्रव्यापी उडान रोकावटका कारण झण्डै १० हजार उडान रद्द भएका थिए ७ हजार ५०० उडान ढिलाइ भएका थिए ।
तीन दिनमा करिब १७ हजार ९०० उडान रद्द भएका छन् भने २३ हजार २०० उडान ढिलाइ भएका छन् । यसअनुसार तीन दिनमा कुल ४१ हजार १०० भन्दा बढी उडान प्रभावित भएका छन् । उडान अवरुद्ध हुनुको मुख्य कारण एफएएको हवाई ट्राफिक नियन्त्रण प्रणालीमा आएको प्राविधिक समस्या रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
यो समस्या समाधान भएपछि पनि विमानस्थलहरूमा यात्रुको चाप र उडान तालिका व्यवस्थापनमा ठूलो चुनौती हुने देखिएको छ ।

