काठमाण्डाै – पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका वडा नम्बर ४ घोप्टेभीरमा झरेको पहिरो पन्छाएपछि सडक खुलेको छ ।
सुक्खा पहिरोले बिहान ५ बजेदेखि नै पूर्णरूपमा अवरुद्ध बनेको सडक दिउँसोपछि खुलाएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।
सडक अवरुद्ध भएपछि बिहानैदेखि राजमार्गमा गाडीको लामो लाइन लागेको थियो । अहिले दुईतर्फ नै गाडी सञ्चालनमा आएको छ ।
यसअघि हिजो पनि पहिरो खसेको थियो । बारम्बार पहिरोका कारण राजमार्ग हुँदै यात्रा गर्नेहरू समस्यामा परेका छन् ।

