काठमाण्डौ – आज हिमाली एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी तथा कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ ।
अरु बाँकी ठाउँमा मौसम सफा छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोलि र पर्सि पनि देशका धेरै ठाउँमा मौसम सफा रहने अनुमान छ । एक/दुई ठाउँमा छिटपुट वर्षा र उच्च क्षेत्रमा हिमपात तथा तराई, उपत्यका तथा खोँचमा बिहानपख थोरै ठाउँमा हुस्सु/कुहिरो लाग्नेछ ।
यसैबीच काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढ्न थालेको छ । आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १०.६ डिग्री सेल्सियस मापन भएको छ ।
हिजो काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस रहेको थियो ।

