काठमाण्डौ – भारतका विदेश सचिव विक्रम मिश्री नेपाल आउनुभएको छ ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ आज बिहान काठमाण्डौ आउनुभएको हो । यो भ्रमणका क्रममा परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिश्रीबिच द्विपक्षीय छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुई दिने औपचारिक भ्रमणमा विदेश सचिव मिश्रीले नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तित्वसँग शिष्टाचार भेटघाट समेत गर्नुहुनेछ । त्यस्तै प्रधानमन्त्री वालेन्द्र शाहको सम्भावित भारत भ्रमणको तयारीबारे पनि छलफल हुनेछ ।
मिश्रीको यो तेस्रो औपचारिक नेपाल भ्रमण हो । उहाँ भोलि नयाँ दिल्ली फर्कने कार्यतालिका छ । यसअघि हिजो नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न काठमाण्डौ आउनुभएको छ ।

