काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १० गतेयताको विपद् व्यवस्थापनका लागि सङ्घ, प्रदेश र पालिकासँगको समन्वयमा निरन्तर काम भइरहेको बताउनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा उहाँले सरकार कुनै पनि किसिमको सम्झौता नगरी विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको बताउनुभयो ।
गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको समेत सहभागिता रहेको बैठकमा प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूलाई लक्षित गर्दै विपद् व्यवस्थापनको काम चाँडै पूरा गर्ने भएकोले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्नुभयो ।
भोटेकोशी–त्रिशूली, गण्डकीलगायत अन्य क्षेत्रमा आएको बाढी पहिरोको क्षतिको अध्ययनसहित सरकार त्यसको व्यवस्थापनमा जुटिरहेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउन लागेको भन्दै सरकारले हिमपहिरोको जोखिम न्यूनीकरणका लागि पनि आवश्यक काम गरिहेको उल्लेख गर्नुभयाे ।

