काठमाडौं : राष्ट्र बैंकले बिहीबारदेखि सुन–चाँदीका सिक्का बिक्री गर्ने भएको छ।
तिहारको धनतेरसलाई लक्षित गर्दैे राष्ट्र बैंकले यस वर्ष सुनका सिक्का (असर्फी) पनि बिक्री गर्न लागेको हो। अघिल्ला २ वर्ष चाँदीका सिक्का (मेडालियन) मात्र बिक्री गरेको थियो।
दशैँअघि नै राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरेर असर्फी टकामरी गरिरहेको छ। नेपालमा वाणिज्य बैंकहरूले मात्रै सुन आयात गर्न पाउँछन्।
सुनको असर्फीको लागि प्रतिसिक्का ६० देखि ७० हजार र चाँदीका सिक्का ४ हजार रूपैयाँभन्दा केही बढी मूल्य पर्नसक्ने राष्ट्र बैंकको भनाइ छ। राष्ट्र बैंकले बिक्री गर्ने सुनको शुद्धता (हलमार्क) करिब ९९.९९ हुने बताइएको छ।

