काठमाण्डाै – रामायणकालीन धार्मिक तथा सांस्कृतिक सम्बन्धले जोडिएका नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच सीधा रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । यसका लागि भोलिदेखि प्राविधिक परीक्षण अर्थात् ‘ट्रायल रन’ शुरू गरिँदैछ ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार भन्सार, सुरक्षा र सञ्चालन प्रक्रियाबारे सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको छ भने अन्तिम लाइसेन्स प्राप्त हुनासाथ सेवा सञ्चालनको मिति तय गरिनेछ । रेल सेवाले धार्मिक पर्यटनसँगै स्थानीय आर्थिक गतिविधिलाई ठूलो राहत पुर्याउने विश्वास छ ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जितेन्द्र महासेठले अयोध्या पुग्ने भारतीय पर्यटकलाई सीताको जन्मस्थल जनकपुर ल्याउन यसले भूमिका खेल्ने बताउनुभयो । यात्रुवाहक रेलसँगै मालवाहक रेल सञ्चालन गर्न सके सामान ढुवानी खर्च प्रतिकिलो १५ रुपैयाँबाट ३ रुपैयाँमा झार्न सकिने उहाँको भनाइ छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको (बालेन) नेतृत्वमा अघि बढेको यो कनेक्टिभिटीलाई धार्मिक तथा व्यापारिक सम्बन्ध विस्तारको महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

