एक हप्तामा सुनको भाउ तोलामा २७ हजार ७ सयले घट्यो

काठमाडौं : नेपाली बजारमा पछिल्लो एक सातादेखि सुनको मूल्यमा निरन्तर गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारदेखि स्थानीय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको हो।

गत शुक्रबार १२ हजार ६०० रुपैयाँले घटेको सुनको भाउ आइतबार १ हजार ५०० रुपैयाँले, सोमबार १ हजार १०० रुपैयाँले, मंगलबार १ हजार ९०० रुपैयाँले घटेको थियो। त्यसैगरी, बुधबार एकैदिन ६ हजार ३०० रुपैयाँले र आज (बिहीबार) ३ हजार ३०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ। त्यसैगरी, सुनसँगै चाँदीको मूल्य पनि घट्दै गएको छ। गत शुक्रबार तोलामा १५५ रुपैयाँले घटेको चाँदी आइतबार १०० रुपैयाँले र सोमबार ८० रुपैयाँले घटेको थियो । मंगलबार तोलामा ३० रुपैयाँ, बुधबार ११० रुपैयाँले र आज ४५ रुपैयाँले घटेको हो।

बिहीबार चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *