काठमाण्डाै – घरेलु टोली न्युजिल्यान्डलाई हराउँदै भारतले पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला ३–१ ले जितेको छ ।
आज भएको निर्णायक खेलमा भारतले न्युजिल्यान्डलाई २२ रनले हरायो । भारतले दिएको २१० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४८ ओभर १ बलमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो । न्युजिल्यान्डका डिन फक्सक्रफ्टले सबैभन्दा धेरै ३१ रन बनाए । भारतका अर्शदीप सिंहले २ तथा मोहम्मद सिराज र अक्षर पटेलले २/२ विकेट लिए ।
यसअघि माउन्ट माउन्गानुईमा टस हारेर ब्याटिङ गरेको भारतले ४२ ओभर १ बलमा २०९ रन बनाउँदा सबै विकेट गुमाएको थियो । भारतका अक्षर पटेल र ईशान किशानले समान ४६ रन बनाए । न्युजिल्यान्डका ज्याकब डुफी र कप्तान मिचेल सान्टनगरले ३/३ विकेट लिए ।
यसअघि भएको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला भारतले ३–२ ले जितेको थियो । अब न्युजिल्यान्ड र भारतबीच दुई खेलको टेस्ट शृङ्खला हुनेछ ।

