काठमाण्डाै – नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनका क्रममा प्रयोग गरेको खुलामञ्चको सुन्दरता फर्काउन दुबो रोपेको छ ।
महाधिवेशनका क्रममा खुलामञ्चको घाँसे मैदानमा क्षति पुगेपछि त्यसलाई पुरानै अवस्थामा फर्काउने प्रतिबद्धताअनुसार दुबो रोपेको कांग्रेसकी सहमहामन्त्री प्रतिमा गौतमले बताउनुभयो । उहाँकाअनुसार सार्वजनिक स्थल प्रयोग गरेपछि त्यसको संरक्षण र सुन्दरता कायम राख्नु सबैको साझा जिम्मेवारी हो
कांग्रेसजस्तो ठूलो राजनीतिक दलले अधिवेशन आयोजना गरेपछि मैदानमा देखिएको क्षति सुधार गर्नु अन्य राजनीतिक दल, सङ्घ–संस्था र व्यक्तिका लागि पनि सन्देश बन्ने सहमहामन्त्री गाैतमले उल्लेख गर्नुभयाे ।
कुनै पनि ठाउँ प्रयोग गरिसकेपछि त्यसलाई पहिलेकै अवस्थामा फर्काउने जिम्मेवारी सम्बन्धित आयोजककै हुने उहाँको भनाइ छ ।

