आज सुनचाँदीको भाउ बढ्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा एक हजार ३०० र चाँदी ४५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको दुई लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो सुनको भाउ तोलाको दुई लाख ८३ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलाको तीन हजार ८५५ रुपैयाँ कायम भएको छ । चाँदीको भाउ हिजो तोलाको तीन हजार ८१० रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *