अफ्रिकी भूमिमा इतिहासकै पहिलो ओलम्पिक, डकारमा रौनक शुरु

काठमाण्डौ – अफ्रिकी महादेशले आफ्नो खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिक आयोजनाको अवसर पाउने क्रममा सेनेगलको डकार शहर यतिबेला युवा ओलम्पिक खेलकुदको तयारीमा जुटेको छ ।

खेलकुदको यो महाकुम्भले अफ्रिकाका लागि नयाँ युगको शुरुआत गर्ने विश्वास गरिएको छ । सेनेगलको राजधानी डकारमा ‘अयो’ नामक मस्कटसहित खेलकुदको रौनक शुरु भइसकेको छ ।

यही अक्टोबर ३१ देखि नोभेम्बर १३ अर्थात् कात्तिक १४ देखि २७ गतेसम्म सञ्चालन हुने यो प्रतियोगिताका लागि टिकट बिक्रीलगायतका व्यवस्थापकीय काम तीव्र पारिएको छ ।

आयोजकले यसलाई केवल खेलकुदको प्रतिष्पर्धा मात्र नभई अफ्रिकी गौरव र संस्कृतिको प्रदर्शनका रूपमा लिएका छन् । आयोजक समितिले यो प्रतियोगितामार्फत युवा खेलाडीको क्षमता प्रदर्शनसँगै अफ्रिकी खेलकुदको नयाँ आयाम स्थापित गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *