काठमाण्डाै – घरेलु टोली दक्षिण अफ्रिकासँगको पहिलो टेस्ट क्रिकेटमा अस्ट्रेलियाका ओपनर ब्याटर निक म्याडिन्सन ३३ बल खेलेर शून्य रनमै आउट भएका छन् ।
डार्बिनमा टस जितेर पहिलो पारीको ब्याटिङ गरिरहेको अस्ट्रेलियाका लागि ३४ वर्षीय म्याडिन्सनले १ रन पनि जोड्न सकेनन् । योसँगै उनी टेस्ट क्रिकेटमा सबैभन्दा धेरै बल खेलेर शून्यमै आउट हुने अस्ट्रेलियाका ओपनर ब्याटर बनेका छन् ।
टेस्ट क्रिकेटमा सबैभन्दा धेरै बल खेलेर शून्यमै आउट हुने ब्याटरको सूचीमा भने म्याडिन्सन १६औँ स्थानमा छन् । यो सूचीमा न्युजिल्यान्डका जेफ एलोट पहिलो नम्बरमा छन् । सन् १९९९ मा दक्षिण अफ्रिकासँगको खेलमा एलोट ७७ बल खेलेर १ रन पनि जोड्न नसकी आउट भएका थिए ।
निक म्याडिन्सन १० वर्षपछि टेस्ट क्रिकेटमा फर्किएका हुन् । उनले सन् २०१६ मा पाकिस्तानसँगको बक्सिङ डे टेस्टपछि पहिलो पटक टेस्ट खेलेका हुन् ।
अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको ३ खेलको टेस्ट क्रिकेट शृङ्खला आजदेखि शुरू भएको हो ।
यसअघि भएको ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकाले २–१ ले जितेको थियो ।

