काठमाण्डौ – नेकपा एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूसँगको संवाद प्रधानमन्त्री वालेन्द्र शाहका लागि एकादेशको कथा बनेको टिप्पणी गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार चुनौतीलाई सामना गर्नका लागि राजनीतिक दलहरूसँग मिलेर काम गर्नुपर्ने बेलामा स्वेच्छाचारी बनेको आरोप लगाउनुभयो ।
उहाँले संसदीय लोकतन्त्रमा प्रधानमन्त्री संसदीय दलको बैठकमा नबस्ने र संसदबाट चुनिएको प्रधानमन्त्री संसदप्रति जबाफदेही नबन्ने कुरा पहिलो पटक भएको समेत दाबी गर्नुभयो । साथै महासचिव पोखरेलले सरकार संविधानलाई छेडखानी गर्ने काममा लागेको समेत बताउनुभएको छ ।

